Premier Cables
Premier Steel

कोशी प्रदेश

‘कुटाई खाने डरले भागेको’ कोशीका मन्त्रीको स्वीकार

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २२, २०८२  | अपराह्न ३:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर।कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले ११ वर्षीया बालिकालाई ठक्कर दिएपछि गाडी नरोकी भागेको स्वीकार गरेका छन्।

ललितपुरको हरिसिद्धिमा शनिबार बिहान मन्त्री सवार सरकारी गाडीले जेब्रा क्रसिङमा बाटो काट्दै गरेकी बालिका उषा मगर सुनुवारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि गाडी केहीबेर नरोकिई अघि बढेको सीसीटीभी फुटेजमा देखिएको छ।

बिज्ञापन

सो घटनापछि आलोचना बढेपछि मन्त्री मगरले कुटाइ खाने डरले गाडी नरोकेको तर्क गर्दै आफूलाई चिनिएको ठाउँ नभएकाले भिडले आक्रोश प्रकट गर्ने सम्भावनाले गाडी नरोकेको बताएका छन्।

घटनापछि मन्त्री मगरले अस्पताल पुगेर पीडित बालिकाको अवस्थाबारे जानकारी लिएको र १८ हजार रुपैयाँसहित केही आर्थिक सहयोग गरेको बताएका छन्। बालिका हाल बी एन्ड बी अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka