Premier Cables

समाचार

कप्तानगंज घटनामा तोडफोड भएका पसल‌ मर्मत गर्न वडाको रोक

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २७, २०८३  | बिहान ७:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

देवानगञ्ज । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ चिरौलीचोकमा कप्तानगञ्ज घटनाका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएका तीन पसल मर्मत गर्न वडा कार्यालयले रोक लगाएको छ।

पीडित व्यवसायी बेचन साह, सन्तोष पौदार र पंकज साहले आफ्नै खर्चमा पसल मर्मत गरी पुनः व्यवसाय सञ्चालन गर्न खोजिरहेका थिए। तर वडा अध्यक्ष हारुण अंसारीले तत्काल मर्मत नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीलाई पत्र पठाएका छन्।

विज्ञापन

घटनाको अनुसन्धान प्रभावित हुन सक्ने र पुनः द्वन्द्व चर्किन सक्ने भन्दै मर्मत रोक्न आग्रह गरिएको पत्रमा उल्लेख छ। तर व्यवसायीहरूले आफूहरू नै घटनाबाट पीडित भएकाले रोजीरोटी चलाउन पसल खोल्न दिनुपर्ने बताएका छन्।

उनीहरूले आवश्यक प्रमाण संकलन र क्षतिको अभिलेख राखेर मर्मत तथा व्यवसाय सञ्चालनको बाटो खुलाउन प्रशासनसँग माग गरेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka