Premier Cables
Premier Steel

राष्ट्रिय

कप्तानगंज घटनाका घाइते अमितले गुमाए हात, अरुको अवस्था के छ ?

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २६, २०८३  | साँझ ७:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा गम्भीर घाइते अमित यादवले आफ्नो बायाँ हात गुमाएका छन् ।

घटनाका क्रममा गोली लागेर घाइते भएका यादवको उपचारका क्रममा सोमबार काठमाडौंमा हात काटिएको हो ।

बिज्ञापन

राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत यादवको शल्यक्रियाका क्रममा बायाँ हात काट्नुपरेको परिवारले जनाएको छ । उनको बायाँ हातसँगै कोखामा पनि गोली लागेको थियो । घटनालगत्तै विराटनगरमा उपचार गरिए पनि अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

कप्तानगञ्ज घटनामा घाइते भएका अन्यको उपचार पनि विभिन्न अस्पतालमा भइरहेको छ । विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत देवानगञ्ज–४ का १८ वर्षीय मिथिलेश मेहताको पेटमा लागेको गोली शल्यक्रियामार्फत निकालिएको छ । अस्पतालका अनुसार उनको अवस्था मध्यम छ ।

त्यस्तै, २२ वर्षीय हरेराम यादवको दुवै तिघ्राको बीच भागमा गोली लागेको थियो । उनको शल्यक्रिया सम्पन्न भइसकेको र अहिले अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । देवानगञ्ज–३ का १८ वर्षीय अमलेश मेहताको बायाँ पिठ्युँमा लागेको गोली पनि शल्यक्रियामार्फत निकालिएको छ ।

कप्तानगञ्ज घटनामा यसअघि नै २१ वर्षीय रवीन्द्रकुमार मेहताले ज्यान गुमाइसकेका छन् । बायाँ खुट्टामा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

कप्तानगञ्जमा दुई समूहबीचको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । घटनामा १० जना घाइते भएका थिए । घाइतेमध्ये ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा पनि गोली चलेको थियो । उक्त घटनामा गणेश यादवको मृत्यु भएको थियो ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa