Premier Cables
Premier Steel

अर्थ

नाइमा एक्स्पो: कति महंगा गाडी, के छ बैङ्किङ सुविधा ?

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २६, २०८३  | साँझ ७:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा भृकुटीमण्डपमा सुरु भएको ‘मोबिलिटी एक्स्पो’मा नयाँ गाडी खरिदकर्ताहरूका लागि बैंकहरूले सस्तो अटो कर्जा योजना ल्याएका छन्।

एक्स्पोमा न्यूनतम २८ लाख ९९ हजार रुपैयाँको टियागो फेसलिष्टदेखि अधिकतम ३ करोड ८० लाख रुपैयाँ मूल्यको डेन्जा बी८ सम्मका गाडीहरू बिक्रीका लागि राखिएका छन्।
सवारीसाधन खरिदलाई सहज बनाउन बैंकहरूले ५ देखि साढे ५ प्रतिशतसम्मको न्यून ब्याजदरमा अटो कर्जा प्रवाह गरिरहेका छन्।

बिज्ञापन

ग्लोबल आइएमई बैंकले आफ्नो बेसरेट ४.७५ प्रतिशतमा ०.५० प्रतिशत प्रिमियम थप गरी ५.२५ प्रतिशत ब्याजदरमै कर्जा दिने घोषणा गरेको छ। यस्तै, कृषि विकास बैंकले ४.७९ प्रतिशत र नेपाल बैंकले ५ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराएका छन्।

नियम अनुसार बैंकहरूले गाडीको कुल मूल्यको ६० प्रतिशतसम्म वित्तीय कर्जा प्रवाह गर्न पाउँछन्। यसअनुसार ग्राहकले बाँकी ४० प्रतिशत रकम डाउनपेमेन्ट गरी ७ वर्षको भुक्तानी अवधि राखेर मासिक किस्तामा गाडी खरिद गर्न सक्नेछन्।

पाँच प्रतिशतको औसत ब्याजदरलाई आधार मान्दा २८ लाख ९९ हजार मूल्यको टियागो फेसलिष्ट खरिद गर्न ११ लाख ५९ हजार ६०० रुपैयाँ डाउनपेमेन्ट र मासिक २४ हजार ५८६ रुपैयाँ किस्ता तिर्नुपर्छ। यस्तै, ३२ लाख ९९ हजारको पञ्च इभी फेसलिष्टका लागि १३ लाख डाउनपेमेन्टसहित मासिक किस्ता २७ हजार ९७६ रुपैयाँ कायम हुन्छ।

बीवाइडीको एटो१ डाइनामिक (मूल्य ३० लाख ७५ हजार) का लागि १२ लाख ३० हजार डाउनपेमेन्ट गरी मासिक २६ हजार ७७ रुपैयाँ र एटो३ सुपेरियर (मूल्य ७८ लाख) का लागि ३१ लाख २० हजार डाउनपेमेन्टसहित मासिक ६६ हजार १४६ रुपैयाँ किस्ता बुझाउनुपर्छ।

त्यसैगरी, ४८ लाख ९६ हजार मूल्यको हुन्डाई भेन्यु फेसलिष्ट (बेस) खरिद गर्न १९ लाख ५८ हजार ४०० डाउनपेमेन्ट र ४१ हजार ५१९ रुपैयाँ मासिक किस्ता लाग्छ। निसान टेकटन (मूल्य ५१ लाख २९ हजार) को लागि २० लाख ५२ हजार डाउनपेमेन्ट गरी मासिक ४३ हजार ४९५ रुपैयाँ तथा वुलिङ इक्सन (मूल्य ५५ लाख ९९ हजार) का लागि २२ लाख ३९ हजार डाउनपेमेन्टसहित मासिक ४७ हजार ४८१ रुपैयाँ भुक्तानी गर्नुपर्छ।

महङ्गा सवारीतर्फ, १ करोड १९ लाख मूल्यको बीएआइसी बीजे ३० खरिद गर्न ४७ लाख ९८ हजार डाउनपेमेन्ट र मासिक १ लाख १ हजार ७३० रुपैयाँ किस्ता पर्छ। १ करोड ५५ लाखको टोयोटा हाइलक्सका लागि ६२ लाख डाउनपेमेन्टसहित मासिक १ लाख ३१ हजार तथा २ करोड १३ लाखको टोयोटा र्याप फोर हाइब्रीड इभीका लागि ८५ लाख डाउनपेमेन्ट र मासिक १ लाख ८० हजार ६३१ रुपैयाँ किस्ता तोकिएको छ।

एक्स्पोको सबैभन्दा महँगो ३ करोड ८० लाख मूल्यको डेन्जा बी८ गाडी खरिद गर्दा ग्राहकले १ करोड ५२ लाख रुपैयाँ डाउनपेमेन्ट गरी ७ वर्षसम्म प्रतिमहिना ३ लाख २२ हजार २५३ रुपैयाँ किस्ता बुझाउनुपर्ने हुन्छ। बैंकहरूको प्रिमियमरहित र सस्तो ब्याजदरका स्किमका कारण मेलामा गाडी खरिद गर्ने ग्राहकको आकर्षण बढेको छ।

oplus_32

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa