Premier Cables
Premier Steel

अन्तराष्ट्रिय पर्यटन राष्ट्रिय समाचार साहित्य

निर्मल पुर्जालगायतका शव उद्धार सुरु, क्याम्प–१ सम्म ल्याइँदै

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन १७, २०८३  | बिहान ११:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पाकिस्तानको ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा परी निधन भएका नेपाली पर्वतारोही निर्मल पुर्जालगायतका दिवंगत आरोहीहरूको शव उद्धार अभियान जारी रहेको छ। उद्धारमा खटिएको ग्राउन्ड टोली क्याम्प–१ सम्म झर्ने तयारीमा रहेको जनाएको छ।

उद्धार टोलीका अनुसार पहिलो चरणमा हिमपहिरो प्रभावित क्षेत्रबाट शवहरू क्याम्प–१ सम्म ल्याइनेछ। त्यसपछि सोमबार जापानी क्याम्पसम्म पुर्‍याउने योजना बनाइएको छ। मौसम र हिमालको अवस्था अनुकूल रहे जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली र शवहरूलाई थप सुरक्षित स्थानमा सारिने तयारी गरिएको छ।

उद्धार टोलीले दिवंगत आरोहीहरूको शव सुरक्षित रूपमा निकालेर सम्मानपूर्वक स्वदेश फर्काउने लक्ष्यका साथ अभियान अघि बढिरहेको जनाएको छ।

गत बिहीबार (१४ साउन) पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरो जाँदा टोलीका नेता निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता भएका थिए। बेपत्तामध्ये ६ जना नेपाली पर्वतारोही थिए। पुर्जाको निधन भएको पुष्टि शनिबार भएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa