Premier Cables
Premier Steel

राजनीति राष्ट्रिय समाचार

सात विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन १३, २०८३  | साँझ ५:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले विभिन्न कानुन संशोधनका लागि आवश्यक विधेयकहरू संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवा, सर्त र सुविधासम्बन्धी ऐन, २०५३ संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बिज्ञापन

यस्तै, बैठकले सङ्क्रामक रोग तथा पशु ऐनसम्बन्धी विधेयक, राहदानी ऐन, २०७६ संशोधन विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियन्त्रणसम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, मेलमिलापसम्बन्धी ऐन, २०६८ संशोधन विधेयक तथा कर्मचारी सञ्चय कोष ऐन संशोधनसम्बन्धी विधेयक पनि संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa