काठमाडौं । सुनसरीको देवानगञ्जमा पछिल्ला दिनदेखि विकसित सुरक्षा अवस्था, सामाजिक सद्भाव र शान्ति स्थापनाका विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा सुरु भएको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।
बिज्ञापन
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गणेश थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालसहित विभिन्न दलका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।
बैठकमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिको समीक्षा, सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम गर्ने उपाय, शान्ति–सुरक्षाको अवस्था सुदृढ बनाउने विषय तथा आगामी रणनीतिबारे छलफल भइरहेको जनाइएको छ।
देवानगञ्ज घटनापछि विभिन्न क्षेत्रमा तनाव बढ्न थालेपछि राजनीतिक दलहरूबीच साझा धारणा निर्माण गर्दै शान्तिपूर्ण समाधानको मार्ग तय गर्न सर्वदलीय बैठक आयोजना गरिएको हो।