Premier Cables
Premier Steel

राष्ट्रिय समाचार

देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानविन गर्न रास्वपा अध्यक्ष रवि लामिछानेको माग

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १२, २०८३  | साँझ ६:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

 

विराटनगर–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

बिज्ञापन

मंगलबार विज्ञप्ति जारी गर्दै उनले घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत अनुसन्धान गर्न तथा संलग्न दोषीमाथि कडा कानुनी कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

लामिछानेले मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र पीडित पक्षलाई आवश्यक राहत उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरेका छन् ।

विज्ञप्तिमा उनले यस संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै पक्षलाई अपिल गरेका छन् । साथै सामाजिक सद्भाव, शान्ति र कानुनी शासन कायम राख्न सबैलाई संयमता अपनाउन आग्रह गरेका छन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa