Premier Cables
Premier Steel

अर्थ राष्ट्रिय समाचार

एकैदिन सुनको मूल्य ५ हजार ८ सय रुपैयाँ घट्यो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०८, २०८३  | अपराह्न १२:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगरर्‍  नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको छ । बिहीबार यसको मूल्य प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ थियो ।

बिज्ञापन

यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला १५५ रुपैयाँ घटेको छ । बिहीबार प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको चाँदीको मूल्य घटेर शुक्रबार ४ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa