Premier Cables
Premier Steel

अर्थ राष्ट्रिय शेयर बजार

लगातार ६ दिन बढेको सेयर बजारमा १३.९५ अंकको गिरावट

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन ०६, २०८३  | साँझ ४:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट आएको छ । बजार घटेसँगै नेप्से परिसूचक २७१२ अंकमा अडिएको छ । कारोबार रकम भने घटेर ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।

दिनभर बजार राताम्य रह्यो । बुधबार दिउँसो १२ः५४ बजे नेप्से परिसूचक २६९४ अंकसम्म झरेको थियो, जुन दिनभरको न्यूनतम अंक हो । गत साताको मंगलबारदेखि मंगलबारसम्म बजार लगातार बढेर बन्द भएको थियो ।

बिज्ञापन

आज ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । अघिल्लो दिन ६ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार कारोबार रकम घटेर ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको हो ।

अधिकांश समूहगत सूचक घटेका छन् । फाइनान्स समूहको सूचक ०.४९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको सूचक ०.४५ प्रतिशत बढेको छ । अन्य सबै समूहगत सूचक घटेका छन् । व्यापार समूहको सूचक सबैभन्दा धेरै २.६० प्रतिशत घटेको छ ।

त्यस्तै बैंकिङ ०.२७, विकास बैंक ०.२४, होटल तथा पर्यटन ०.३१, जलविद्युत् ०.५७, लगानी ०.५०, जीवन बीमा ०.६५, माइक्रोफाइनान्स ०.४२, निर्जीवन बीमा १.२६ र अन्य समूहको सूचक ०.९८ प्रतिशत घटेको छ ।

हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै बुंगल हाइड्रोपावरको १०.५०, सालपा विकास बैंकको ५.९२, पियोर इनर्जीको ५.२३ तथा श्रीनगर एग्रिटेकको सेयर मूल्य ४.३२ प्रतिशत बढेको छ ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ३.९२ प्रतिशत र दिव्यश्वरी हाइड्रोपावरको ३.६७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स र सिटी होटल अगाडि रहे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa