काठमाण्डौ । काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन सेयरबजारमा उछाल आएको छ । नेप्से परिसूचक ७९.७४ अंक अर्थात् ३.०६ प्रतिशतले बढेर २६७७.५४ विन्दुमा कायम भएको छ ।
साथै सेन्सेटिभ इन्डेक्स समेत आज २.५१ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज म्युचुअल फण्ड समूहबाहेक सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक वृद्धि हुनेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ । यो समूह ४.६० प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकिङ समूह २.४१ प्रतिशत, विकास बैंक समूह २.१८ प्रतिशत, फाइनान्स समूह ३.३९ प्रतिशत, होटल तथा पर्यटन समूह ३.६६ प्रतिशत, हाइड्रो समूह ४.५८ प्रतिशत, लगानी समूह ४.१२ प्रतिशत, लाइफ इन्स्योरेन्स समूह २.७४ प्रतिशत, माइक्रोफाइनान्स समूह १.८० प्रतिशत, निर्जीवन बीमा समूह २.११ प्रतिशत, अन्य समूह २.७७ प्रतिशत र व्यापार समूह ०.८३ प्रतिशतले बढेको छ ।
आजको बजारबार नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘नयाँ आर्थिक सुरु भएसँगै बजारको यात्रा पनि सुखद् सुरुवात भएको छ । यसअघि बजारलाई असार मसान्तको दबाब थियो, लगानीकर्तालाई लिमिटमा टाईट भएका कारण लगानी गर्ने अवस्था सहज थिएन । अब बजारलाई दबाब पुग्ने अवस्था सहज भएको छ । लगानीकर्तालाई केही कुराको दबाब सिर्जना हुँदैन । विस्तारै अब भोल्युमसँगै नेप्से इन्डेक्स बढ्दे जानेछ ।’

