Premier Cables
Premier Steel

राष्ट्रिय

आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन, तीन नगर प्रहरी नियन्त्रणमा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २६, २०८३  | अपराह्न १२:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन भएको छ। वीर अस्पतालले उनको मृत्यु पुष्टि गरेको हो।

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार अस्पतालले नेपालीलाई मृत घोषणा गरेको छ। बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीरको करिब ६५ देखि ७० प्रतिशत भाग जलेको थियो।

बिज्ञापन

उनको वीर अस्पतालस्थित बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर सघन उपचार गरिएको थियो। उपचारका लागि प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष टोली खटिएको थियो।

चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ।

नेपालीको निधनपछि घटनाबारे थप अनुसन्धानका लागि काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

आत्मदाह प्रयासको कारण र घटनाको सम्पूर्ण विवरणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa