Premier Cables

शेयर बजार

साताको अन्तिम कारोबार दिन घट्यो शेयर बजार

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १९, २०८३  | अपराह्न ३:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.३० अंकले घटेर २,६५३.४० विन्दुमा पुगेको छ।

बजार समग्रमा ओरालो लागे पनि १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० कम्पनीको मूल्य घटेको छ। १४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

विज्ञापन

शुक्रबार कुल ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ रुपैयाँ बराबरको कारोबार भएको छ। यस अवधिमा ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर ४६ हजार २३४ पटक किनबेच भएको नेप्सेले जनाएको छ।

कारोबारका क्रममा सनिगाड हाइड्रो, स्नो रिभर्स र कलंगा हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ।

समूहगत परिसूचकतर्फ फाइनान्स, जलविद्युत्, माइक्रोफाइनान्स र ट्रेडिङ समूहमा वृद्धि भएको छ। विकास बैंक समूहको सूचक स्थिर रहँदा अन्य सबै समूहका सूचक भने घटेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka