Premier Cables
Premier Steel

अर्थ विराटनगर

अश्विनी गोल्छालाई उद्योग संगठन मोरङको ‘उच्च रोजगार योगदान कदर सम्मान’

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १४, २०८३  | अपराह्न १२:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । उद्योग संगठन मोरङले सुनसरीको सोनापुरस्थित जुट उद्योग ‘अरिहन्त मल्टिफाइबर्स’की सञ्चालक अश्विनी गोल्छालाई यस वर्षको ‘उच्च रोजगार योगदान कदर सम्मान’ प्रदान गरेको छ।

संगठनको ५३औँ वार्षिक साधारणसभाको विशेष अवसरमा रोजगारी सिर्जना, औद्योगिक विकास तथा उत्पादनमूलक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत उनलाई यो सम्मान प्रदान गरिएको हो।

बिज्ञापन

अश्विनी गोल्छा नेपालमा औद्योगिकीकरणको जग बसाल्ने ऐतिहासिक व्यक्तित्व स्वर्गीय रामलाल गोल्छाकी जिजुनातिनी तथा उद्योगपति राजकुमार गोल्छाकी छोरी हुन्। गोल्छा परिवारको औद्योगिक लिगेसीलाई महिला नेतृत्वका रूपमा अघि बढाउँदै उनले उद्योगलाई सफलतापूर्वक सञ्चालन गरिरहेकी छन्।

४ हजार २०० भन्दा बढीलाई रोजगारी

हाल अरिहन्त मल्टिफाइबर्समा मजदुर र कर्मचारी गरी ४ हजार २०० भन्दा बढी नागरिकले प्रत्यक्ष रोजगारी पाएका छन्। उद्योगले स्वदेशमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुका साथै उत्पादित झन्डै ९० प्रतिशत जुटजन्य सामग्रीहरू (बोरा, सुतली, ह्यासियन कपडा, सपिङ झोला आदि) विदेशमा निकासी गर्दै आएको छ।

पारिवारिक विरासत र सामाजिक साथ

सम्मान ग्रहण गरेपछि उद्यमी अश्विनी गोल्छाले आफूले यो उद्योग व्यवसायलाई पारिवारिक विरासतकै रूपमा प्राप्त गरेको र यसैमा आफूलाई समर्पित गर्ने प्रण गरेको बताइन्। उनले भनिन्, “महिला भएकै कारण हालसम्म मलाई उद्योग सञ्चालनमा कुनै बाधा अवरोध भएको छैन, परिवार र समाज दुवैबाट निरन्तर प्रेम, साथ र सम्मान पाइरहेकी छु।”

श्रमिकमैत्री वातावरण, महिला सशक्तीकरण र उत्पादनशील व्यवस्थापनलाई सँगसँगै अघि बढाएको भन्दै उद्योग संगठन मोरङले अरिहन्त मल्टिफाइबर्सको यो योगदान नेपालको औद्योगिक क्षेत्र र महिला नेतृत्वका लागि एउटा उत्कृष्ट उदाहरण भएको उल्लेख गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa