Premier Cables
Premier Steel

अर्थ विराटनगर

उद्योग प्रतिष्ठानका प्राविधिकका लागि तालिम सम्पन्न, ५७ जनाले पाए प्रमाणपत्र

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार २५, २०८२  | साँझ ७:३६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको सहकार्यमा उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरूका लागि लेथ सेटर अपरेटर, डिजिटल मार्केटिङ र एचएमआई प्रोग्रामिङ विषयक तालिम सम्पन्न गरिएको छ। तालिममा विभिन्न उद्योगबाट ५७ जना प्राविधिकको सहभागिता थियो।

सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा सहभागीहरूले आधुनिक प्रविधिको प्रयोग, कार्यदक्षता र उत्पादन क्षमताका विषयमा ज्ञान हासिल गरेका छन्। तालिम अवधिभर सहभागीहरूलाई मेशिनको सञ्चालन, डिजाइनअनुसार काट्ने प्रक्रिया, डिजिटल मार्केटिङमार्फत सस्तो र प्रभावकारी प्रचार विधि, एचएमआई प्रविधिबाट मानिस र मेशिनबीचको प्रभावकारी समन्वय लगायतका कुराहरूमा प्रशिक्षण दिइएको थियो।

बिज्ञापन

२४ दिनसम्म चलेको तालिमको समापनमा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरे। उनले उद्योगमा कार्यरत जनशक्तिको सीप विकासले उत्पादनशीलता बढाउने उल्लेख गर्दै संगठनले आवश्यकता अनुसार तालिम सञ्चालन गर्दै आएको बताए। उनले पछिल्ला दिनहरूमा उद्योगहरूको तालिमप्रतिको चासो बढ्दै गइरहेकोमा खुसी व्यक्त गरे।

संगठनका अनुसार हालैदेखि तालिमलाई अझ प्रभावकारी बनाउन सम्बन्धित उद्योगकै कार्यस्थलमा तालिम सञ्चालन गर्ने अभ्यास सुरु गरिएको छ। उद्योगको आवश्यकतालाई मध्यनजर गर्दै पाठ्यक्रम निर्माण गरी तालिम सञ्चालन गर्ने नयाँ कार्यविधिको समेत थालनी भएको छ। हालसम्म संगठनले मोरङ क्षेत्रका ५७६ जनालाई विभिन्न प्राविधिक तालिम प्रदान गरिसकेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka