विराटनगर । शुक्रबार लिबर्टी नेपाल पुर्नस्थापना केन्द्रले ३९ औँ अन्तर्राष्ट्रिय लागू पदार्थ ओसार पोसार विरुद्धको सचेतना दिवस तथा मोटरसाइकल र्याली निकालिएको छ।
लिबर्टी नेपाल पुर्नस्थापना केन्द्रले आयोजना गरेको यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल , विशेष अतिथि प्रहरी उपरीक्षक मोरङका कवित कटुवाल , विशेष अतिथि डा . भेषप्रसाद धमला तथा अतिथिका रुपमा लिबर्टी नेपालका व्यवस्थापक सुनिल थापा मगर लगायत विभिन्न मानिसहरूको उपस्थिती रहेको छ ।
विशेष अतिथि प्रहरी उपरीक्षक मोरङका कवित कटवाल लिबर्टी नेपालले राखेको ब्यानरलाइ पढेर यस कार्यक्रमको उद्घाटन गरिएका छन् । स्वागत मन्तब्य राख्दै प्रहरी उपरीक्षक कवित कटवालले भने ‘ हामी सबै संग संस्थाहरु, मानिसहरू मिलेर लागु पदार्थ ओसार पोसार विरुद्धको लामो समय सम्म चल्ने अभियान सञ्चालन गर्नु पर्छ र लागु औषधि बेचबिखन गर्ने मानिसहरूलाई पनि कानुनी कारबाही गर्ने बताए ‘ ।
लिबर्टी नेपालको आयोजना तथा काठमाडौं इन फिल्डरको सहयोगमा मोटरसाइकल र्याली निकालिएको छ।
कार्यक्रमका अध्यक्ष राजेन्द्र प्रसाद भट्टराईले सबै एकजुट भएर लागु औषधि बिरूद्ध को अभियान मा लाग्नु पर्ने बताए ।


