Premier Cables
Premier Steel

राष्ट्रिय

टेम्पो भिरबाट खसालेको घटना: पीडितलाई पाँच लाख क्षतिपूर्ति दिइयो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार १०, २०८३  | अपराह्न २:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धनगढी । कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो फालिएको घटनासम्बन्धी विवाद अन्ततः समाधान भएको छ।

घटनामा संलग्न वन कर्मचारीले भिरबाट फालिएको टेम्पो सञ्चालन गर्दै भीमदत्त राजमार्गमा खुद्रा व्यापार गर्दै आएकी धनादेवी धामीलाई क्षतिपूर्तिस्वरूप पाँच लाख रुपैयाँ उपलब्ध गराएपछि विवाद टुंगिएको हो।

बिज्ञापन

सो रकम पाएसँगै धनादेवीले अघि बढाइरहेका क्षतिपूर्ति र घर पुनर्निर्माणसम्बन्धी मागहरू पनि मिलाइएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालयले घटनासँग सम्बन्धित व्यक्तिहरूलाई ७/७ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ। यसअघि हिरासतमा रहेका सवडिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा पनि थुनामुक्त भएका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीमा दुवै पक्षबीच भएको सहमतिपछि मुद्दा टुंगिएको हो। भिरबाट फालिएको सुपप्र ०१००१ ह ३१८० नम्बरको टेम्पो गरिमा विकास बैंकको नाममा दर्ता रहेको पाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa