Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा गिरावट, नेप्से २७०० मुनि

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०९, २०८३  | साँझ ४:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । मंगलबार सेयरबजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९६ प्रतिशत अर्थात २६.१६ अंकले घटेर २ हजार ६७४.४८ विन्दुमा सीमित बनेको छ।

यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले घटेर ४६१.४८ विन्दुमा झरेको छ।

बिज्ञापन

आज नेप्सेमा सूचीकृत ३५३ वटा स्क्रिप्टको १ करोड लाख ४० हजार १६४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ३६ करोड २१ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ४४ करोड ६५ लाख बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘बजार चलायमान हुन लगानीकर्ताको सेन्टिमेन्ट कस्तो छ त्यसमा भर पर्छ । अहिलेको बजार लगानी गर्न कति सेक्युअर छ, त्यसमा बजारको अवस्था निर्धारण हुन्छ । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष आएपनि लगानीकर्ताहरु अहिले बजारमा लगानी गर्न उत्साहित छैनन् । ठूला लगानीकर्ता, व्यवसायीहरु अहिले त्रसित जस्तै छन् र लगानी गर्नका लागि पर्ख र हेरको अवस्थमा छन् ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa