Premier Cables

कोशी प्रदेश

बिष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा लगियो

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०९, २०८३  | अपराह्न १:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ।

प्रहरीले उनलाई सोमबार राति स्थलमार्गबाट काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराएको हो। विभाग स्रोतका अनुसार पौडेलमाथि शंकास्पद सम्पत्तिको स्रोत र उनले गरेको सेयर कारोबार सम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ।

विज्ञापन

पौडेललाई आइतबार सुर्खेतमा पार्टी कार्यक्रमका क्रममा रहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउपछि उनलाई रातारात काठमाडौं ल्याइएको हो।

अनुसन्धानको क्रममा विभागको टोलीले पौडेलको निवासमा समेत छापा मारेको जनाएको छ। उनलाई आजै म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको स्रोतले जनाएको छ।

यस विषयमा विभाग र सम्बन्धित निकायहरूले थप अनुसन्धान जारी राखेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka