Premier Cables
Premier Steel

राजनीति

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०९, २०८३  | राती ८:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।

विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्‍याउन सहयोग गरेको आरोपमा पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको थियो।

बिज्ञापन

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पहिलोपटक सात दिनको म्याद थप गरेको विशेष अदालत प्रशासन शाखाले जनाएको छ। अदालतको आदेशपछि पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ।

पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। उनलाई मंगलबार नेपालगन्ज हुँदै काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa