Premier Cables
Premier Steel

कोशी प्रदेश

गृहमन्त्रीको राजीनामा माग्दै कोसी प्रदेश सभामा सांसदले गीत गाए !

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बुधबार, जेठ १४, २०८२  | अपराह्न २:१५ बजे

विराटनगर । कोसी प्रदेश सभामा प्रदेश सभा सदस्यले गीत गाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।

बुधबारको बैठकमा माओवादी केन्द्रका प्रदेश सभा सदस्य गोम्बु शेर्पाले भिजिट भिसामा हजुर हजुर भिजिट भिसामा भन्दै गीत गाएर आफ्नो मन्तव्य शुरु गरे ।

बिज्ञापन

उनले पक्राउ परेका सहसचिव तीर्थराज भट्टराईको नेतृत्वमा बेरोजगार युवाहरुसँग त्रिभुवन विमानस्थलमा रकम असुल्ने काम भएको प्रकरण बाहिर आएको भन्दै यसमा गृहमन्त्री लेखकस मेत जोडिएको दाबी गरे । शेर्पाले बदनाम र विवादित कर्मचारीहरु गृहमन्त्रीको सचिवालयमा छानीछानी राखेको भन्दै अस्वभाविक मिलेमतो देखिएको आरोप लगाए । उनले बेरोजगाररुमाथि लुट धन्दा मच्चाउनेहरुको मुख्य नाइके नै गृहमन्त्री नै भएको आरोप लर्गा । गृहमन्त्री रमेश लेखक जातीय छुवाछुत र भेदभावमा गर्ने व्यक्तिको रुपमा पनि परिचत भन्दै शेर्पाले राजीनामा गराउन वा बर्खास्त गर्न संघीय सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसका प्रदिपकुमार सुनुवार भिजिट भिषाकै सम्बन्धमा गणतन्त्रको अभ्यास भइरहेको भन्दै संसदको आफ्नो मर्यादा हुने सुनाए । अतिरञ्जित गर्ने काम गर्दै अनुसन्धान र कारवाहीको एउटा प्रक्रिया हुने बताए । प्रतिपक्षीलाई सरकारमा छँदा राम्रो र नहुँदा नराम्रो भन्ने कुरा छाड्नु पर्छ उनले भने ।

मिलेर सरकारमा हुँदा राम्रो र नहुँदा नराम्रो भन्दै अतिरञ्जना सिर्जना गर्ने काम भएको जिकिर गरे । व्यवस्था प्रति नै यसबाट वितृष्णा उत्पन्न हुने भएकोले प्राप्त कागजात, मोबाइल सबै लगिसकेकोले भिजिट भिसा प्रकरणको अनुसन्धानमा प्रभाव पर्ने ढंगले गतिविधि गर्न नहुने बताए ।

कांग्रेसका रामकुमार खत्रीले सबै जिल्लाको विकासले मात्र प्रदेश विकास हुने भन्दै उदयपुरको पश्चिमी भेगको क्षेत्र नं २ भौगोलिकि विकटताको कारण थोरै बजेटले विकास सम्भव नहुने भन्दै कमला, तावा आदि खोलाले खेतीयोग्य जमिन कटान गरेर स्थानीयलाई बिस्थापित गर्ने गरेको सुनाए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka