Premier Cables
Premier Steel

राजनीति

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बन्ने तयारी

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २६, २०८३  | अपराह्न १२:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सामाजिक अभियन्ता महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व सम्हाल्ने तयारीमा रहेका छन्।

उनी विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीका रूपमा नियुक्त हुने तयारी भइरहेको स्रोतहरूले बताएका छन्। औपचारिक नियुक्ति र शपथग्रहणबारे भने सरकारबाट अझै आधिकारिक घोषणा हुन बाँकी छ।

बिज्ञापन

ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच विस्तार, नवप्रवर्तन प्रवर्द्धन तथा अनुसन्धानका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका पुनलाई मन्त्रालयको जिम्मेवारी दिन लागिएको खबर सार्वजनिक भएपछि वैज्ञानिक, प्राविधिक तथा नवप्रवर्तन क्षेत्रका सरोकारवालाले चासो व्यक्त गरेका छन्।

पुनले विगत दुई दशकभन्दा बढी समयदेखि सूचना प्रविधि, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा काम गर्दै आएका छन्। विशेषगरी राष्ट्रिय आविष्कार केन्द्रमार्फत युवा अनुसन्धानकर्ता र नवप्रवर्तकलाई प्रोत्साहन गर्ने अभियानमा उनको महत्वपूर्ण भूमिका रहेको छ।

औपचारिक नियुक्ति भएमा पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रको नीतिगत सुधार, अनुसन्धान प्रवर्द्धन तथा प्रविधिमैत्री विकासका कार्यक्रमलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka