Premier Cables
Premier Steel

राष्ट्रिय

म्याग्दीमा स्वतन्त्र उमेदवार महावीर पुन विजयी

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | बिहान ८:२५ बजे
Hamro Biratnagar Headlines

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा स्वतन्त्र उमेदवार महावीर पुन विजयी भएका छन् ।

शनिबार (फागुन २३) बिहान सम्पन्न मतगणनाअनुसार २२ हजार ८५० मत प्राप्त गर्दै उनी सांसद चुनिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत पाए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार कर्णबहादुर भण्डारीले ६ हजार ६८४ मत ल्याए ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार अर्जुनबहादुर थापाले तीन हजार ५२९ मत प्राप्त गरेका कार्यालयले जनाएको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka