Premier Cables
Premier Steel

अपराध

पथरीमा धारिलो हतियारसहित १० जना युवायुवती पक्राउ, अभद्र कसूरमा अनुसन्धान

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २२, २०८३  | बिहान १०:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट घरेलु धारिलो हतियार तथा औजारसहित १० जना युवायुवतीलाई प्रहरीले पक्राउ गरेको छ।

पथरीशनिश्चरे–९ र १० को सिमानामा रहेको डाँस खोलाको झोलुङ्गे पुल नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बिज्ञापन

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको गस्ती टोलीले जेठ २० गते राति करिब साढे ११ बजे शङ्कास्पद अवस्थामा बसेका उनीहरूलाई जाँच गर्दा कट्टि, खुर्पा, मार्तल, सानो हाते बन्चरो, चेन र भालालगायतका धारिलो हतियार तथा औजार फेला पारेको थियो।

पक्राउ पर्नेमा पथरीशनिश्चरे–४ का एबिन राई, सुप्रिम राई र रिदम तामाङ, वडा नम्बर १० का युजिन राई, अपिल राई र अविशेक थापा, वडा नम्बर ९ का निसान माझी र सुसन ठटाल तथा वडा नम्बर १ का आरिया धिमाल र कृपा लिम्बु रहेका छन्।

हतियारसहित फेला परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेकामाथि अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय मोरङबाट पाँच दिनको म्याद थप गरिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka