Premier Cables
Premier Steel

समाचार

कोसीका पूर्वमुख्यमन्त्रीको मोबाइल चोरी गर्नेहरु प्रहरीको फन्दामा परे

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १९, २०८२  | अपराह्न ३:५३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । पछिल्ला दिनहरूमा विराटनगरमा चोरीका घटनामा उल्लेख्य वृद्धि भएको छ । प्रहरी अनुसन्धानले देखाएको छ कि यस्ता घटनामा लागुऔषध प्रयोगकर्ताहरूको मुख्य संलग्नता रहेको पाइएको छ।

मोरङका एसपी नारायणप्रसाद चिमरियाका अनुसार, जोगवनी नाकामा सुरक्षा व्यवस्था कडा भएपछि चोरीका घटना बढेका हुन्। यसअघि सीमाबाट अवैध सामान ओसारपसार गरेर जीविकोपार्जन गर्ने व्यक्ति अब चोरीजस्ता आपराधिक क्रियाकलापमा लाग्न थालेका छन्। प्रहरीका अनुसार, नाका कडा नभएको बेला उनीहरू दिनको १००० देखि १५०० रुपैयाँसम्म कमाउने गर्थे।

बिज्ञापन

गत वैशाख २७ गते कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाको कोठाबाट दुईवटा मोबाइल चोरी भएको घटनामा विराटनगर–२ सरस्वती टोलका ३० वर्षीय सुमन तोलाङीको संलग्नता देखिएको छ। उनले मोबाइल चोरी गरेर भारतमा बिक्री गरेको खुलेको छ।

तोलाङीले सोही दिन विराटनगर–३ बरगाछीस्थित एक पार्टी प्यालेस सञ्चालकको कोठाबाट दुई लाख रुपैयाँ नगद र सुनका गहना पनि चोरी गरेका थिए। यसअघि वैशाख १९ गते मोरङ बूढीगंगा गाउँपालिका–१ निवासी नवराज भट्टराईको घरबाट पनि उनले चाबी फुटाएर गहना चोरेका थिए।

वैशाख ११ गते मोरङको कटहरी गाउँपालिका–४ मा रहेको ‘राज मोबाइल केयर’ पसलबाट ल्यापटप र थुप्रै मोबाइलहरू चोरी भएको थियो। सो घटनामा संलग्न २२ वर्षीय विशालकुमार सिंह जेठ २७ गते पक्राउ परेका थिए। उनले चोरीका सामग्रीहरू विराटनगर–११ का रोशनकुमार मण्डलको कोठामा लुकाएको बताएका थिए।

प्रहरीले मण्डलको कोठाबाट नयाँ र पुराना मोबाइल सेटहरू साथै चोरीमा प्रयोग हुने उपकरणहरू बरामद गरेको छ।

जेठ ६ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका निवासी २२ वर्षीय दीपेश तामाङ चोरी गर्दै गरेको अवस्थामा पक्राउ परे। उनको साथमा भारतको अररिया जिल्ला निवासी १८ वर्षीय कृष पासवान पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार, चोरीमा दुई किसिमका समूह संलग्न छन्—पहिलो समूहले सुनसान वा बन्द घर देखेपछि तोडफोड गरेर सामान चोर्छ; दोस्रो समूह भने पहिले नै योजना बनाएर घरभित्र प्रवेश गरी दुई–तीन घण्टा लगाएर नगद, सुन–चाँदी खोजी चोरी गर्छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka