Premier Cables
Premier Steel

समाचार

पहिलो वर्षलाई ‘सुशासनको वर्ष’ बनाउने सरकारको तयारी छ: प्रधानमन्त्री शाह

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १७, २०८३  | अपराह्न ३:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको पहिलो वर्षलाई ‘सुशासनको वर्ष’का रूपमा अघि बढाइने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सुशासन स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गरे।

बिज्ञापन

प्रधानमन्त्री शाहले बेतिथि र भ्रष्टाचारको अन्त्य गर्दै पारदर्शी तथा जवाफदेही शासन प्रणाली निर्माणका लागि सरकार गम्भीरतापूर्वक लागिपरेको बताए।

उनले भने, “सरकारले पहिलो वर्षलाई सुशासनको वर्षका रूपमा मनन गर्दै काम गर्नेछ। भ्रष्टाचारको जालो दशकौँदेखि जरा गाडेर बसेकाले यसको पूर्ण अन्त्य गर्न समय लाग्न सक्छ, तर यसको न्यूनीकरण र नियन्त्रणका लागि सरकारले प्रभावकारी कदमहरू चालिरहेको छ।”

प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले प्रधानमन्त्रीसमक्ष समसामयिक विषयमा प्रश्न राखेका थिए, जसको जवाफ प्रधानमन्त्री शाहले दिएका हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa