Premier Cables
Premier Steel

समाचार

कोशी प्रदेशका विभिन्न तीन राजमार्ग अझै अवरुद्ध

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | बिहान ८:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको हो।

कोशी प्रदेशअन्तर्गत भोजपुर, संखुवासभा र पाँचथर जिल्लाका सडकमा बाढी तथा पहिरोका कारण अवरोध सिर्जना भएको छ। केही सडकमा एकतर्फी सवारी सञ्चालन गरिएको छ भने केही स्थानमा पूर्ण रूपमा यातायात बन्द गरिएको छ।

बिज्ञापन

यस्तै, बागमती प्रदेशको काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्ग सडकखण्डमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाइएको छ।

गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लाको बेनी–जोमसोम सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक एकतर्फी रूपमा सञ्चालन गरिएको छ।

प्राधिकरणले यात्रु तथा सवारी चालकलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। साथै, आवश्यक परेमा वैकल्पिक मार्ग प्रयोग गर्नसमेत अनुरोध गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka