काठमाडौं । तालिमका क्रममा अत्यधिक गर्मीका कारण बेहोस भएका सशस्त्र प्रहरी बलका ६ जना प्रशिक्षार्थीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय, टीकापुर (कैलाली) मा सशस्त्र प्रहरी जवान आधारभूत तालिमअन्तर्गत सीएफटी परीक्षामा सहभागी भइरहेका क्रममा उनीहरू बेहोस भएका थिए ।
बिज्ञापन
प्रशिक्षणका क्रममा कुल ८ जना प्रशिक्षार्थी बेहोस भएकोमा प्रारम्भिक उपचारपछि ६ जनालाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो ।
उनीहरूको सुरुमा टीकापुर अस्पताल र ओमकृष्ण अस्पतालमा उपचार गरिएको थियो । तर अवस्था थप निगरानी आवश्यक देखिएपछि काठमाडौं रेफर गरिएको जनाइएको छ ।
अधिकारीहरूका अनुसार सबै प्रशिक्षार्थीको स्वास्थ्य अवस्था हाल निगरानीमा राखिएको छ ।