Premier Cables
Premier Steel

समाचार

२५औँ पटक चीन पुगे पुटिन, सी चिनफिङसँग रणनीतिक वार्ता हुँदै

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ ०६, २०८३  | बिहान ८:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने औपचारिक भ्रमणका लागि मंगलबार राति चीन पुगेका छन् । पुटिनको यो चीन भ्रमण २५औँ पटकको हो ।

बेइजिङ पुगेका पुटिनलाई चीनका विदेशमन्त्री वाङ यीले विमानस्थलमा स्वागत गरेका थिए । स्वागतका क्रममा धावनमार्गमा विशेष समारोह आयोजना गरिएको थियो, जहाँ चिनियाँ युवाहरूले दुवै देशका राष्ट्रिय झण्डा फहराएका थिए भने ‘गार्ड अफ अनर’ पनि प्रस्तुत गरिएको थियो ।

बिज्ञापन

भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । चीनको विदेश मन्त्रालयका अनुसार दुई नेताबीच रुस–चीन सम्बन्ध, व्यापार, रणनीतिक सहकार्य तथा विश्वको पछिल्लो भूराजनीतिक अवस्थाबारे विस्तृत छलफल हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण भएको केही दिनमै पुटिनको बेइजिङ आगमनलाई अन्तर्राष्ट्रिय रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ । विश्लेषकहरूका अनुसार चीनले अमेरिका र रुस दुवैसँग सम्बन्ध सन्तुलनमा राख्ने कूटनीतिक रणनीति अपनाइरहेको संकेत यस भ्रमणले दिएको छ ।

चीन प्रस्थानअघि जारी भिडियो सन्देशमा पुटिनले रुस–चीन सम्बन्ध अभूतपूर्व उचाइमा पुगेको बताएका थिए । उनले दुई देशबीच आपसी विश्वास, समानता र समझदारीमा आधारित सहकार्य निरन्तर विस्तार भइरहेको उल्लेख गरे ।

पुटिनका अनुसार रुस र चीनले सार्वभौमसत्ता, राष्ट्रिय एकता, ऊर्जा, अर्थतन्त्र र राजनीतिक मुद्दामा एकअर्कालाई निरन्तर समर्थन गर्दै आएका छन् । भ्रमणका क्रममा पुटिनले चिनियाँ प्रधानमन्त्री ली कियाङसँग पनि भेट गर्न सक्ने बताइएको छ ।

युक्रेन–रुस युद्ध र इरानसँग सम्बन्धित बढ्दो तनावबीच चीनले आफूलाई विश्व कूटनीतिमा प्रभावशाली शक्ति र सम्भावित मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्न खोजिरहेको विश्लेषण गरिएको छ ।

रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हालसम्म ४० भन्दा बढी भेटवार्ता भइसकेका छन् । उनीहरूको सम्बन्धलाई विश्वकै बलियो राजनीतिक साझेदारीमध्ये एक मानिने गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka