Premier Cables
Premier Steel

अपराध

मोरङ बुढीगंगाबाट चरेससहित दुईजना पक्राउ

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ३०, २०८३  | साँझ ५:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) बाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध चरेस तथा नियन्त्रित औषधीसहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा वैशाख ३० गते दिउँसो मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचोकमा प्रहरीले छापा मार्दा २७ वर्षीय करन प्रधान र २१ वर्षीय अनिस परियार पक्राउ परेका हुन्।

बिज्ञापन

उनीहरूको साथबाट ८ ग्राम ७५ मिलिग्राम चरेस तथा ट्रामाडोल र डाइक्लोमाइन गरी कुल ७ हजार ९६० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैमाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka