Premier Cables

अपराध

विराटनगरमा बैंकिङ कसूर र चेक अनादर गर्ने चारजना पक्राउ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २१, २०८३  | राती ९:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान तीव्र बनाएको छ।

अदालतको निर्णय कार्यान्वयन गर्दै फरार रहेका दोषीलाई खोजतलास गरी पक्राउ गर्न प्रहरीले सक्रियता देखाएको हो।

विज्ञापन

प्रहरीका अनुसार अनुसार, विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरूमध्ये केहीलाई केही हजार रुपैयाँ जरिवाना र केहीलाई कारावास वा अन्य सजाय तोकिएको थियो।

गणेश प्रसाद सहनीलाई केही सार्वजनिक अपराध मुद्दामा १८०० रुपैयाँ जरिवाना तोकिएको छ।

भिमा तुम्बापो र सन्तोष पुरीलाई चेक अनादर मुद्दामा क्रमशः ३००० र १००० रुपैयाँ जरिवाना।

विजय शंकर झा बैंकिङ कसुर मुद्दामा ३०००-१००० रुपैयाँ जरिवानासहित।

बैधनिधि खनाललाई खोटा चलन हट्क मुद्दामा २ महिना ११ दिन जेल सजाय।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, यी फरार प्रतिवादीलाई अदालतमा दर्ता गराउन र न्याय प्रक्रिया पूरा गर्न खोजतलास जारी छ।

प्रहरी कार्यालयले आम नागरिकलाई कानून पालनामा सघाउने र सुरक्षित समाज निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka