Premier Cables
Premier Steel

अपराध

दमकमा बालिकालाई यौनधन्दामा लगाउने होटल सञ्चालकसहित दुई जना पक्राउ

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०९, २०८३  | बिहान ८:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । झापाको दमकमा १३ वर्षीया बालिकालाई प्रलोभनमा पारी होटलमा लगेर यौनधन्दामा संलग्न गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–९ देवीझोडा घर भई हाल दमक बस्ने जुनु भन्ने पार्वती ऋषिदेव र दमक–८ का ५५ वर्षीय गणेशप्रसाद अधिकारी रहेका छन्।

बिज्ञापन

अधिकारीले दमकमा सञ्चालन गर्दै आएको मनकामना होटल एण्ड लजमा बालिकालाई लगेर यौनधन्दामा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ऋषिदेवले बालिकालाई ललाइफकाई होटलसम्म पुर्‍याएकी थिइन् भने होटल सञ्चालक अधिकारीले उनलाई यौनधन्दामा लगाएका थिए।

साउन ३१ गते घरबाट हिँडेकी बालिका परिवारको सम्पर्कमा नआएपछि आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएका थिए। परिवारको निवेदनका आधारमा खोजी सुरु गरेको प्रहरीले बालिकाको अवस्थाबारे जानकारी पाएलगत्तै कारबाही र अनुसन्धान अघि बढाएको हो।

पक्राउ परेका दुवै जनालाई भदौ ७ गते झापा जिल्ला अदालतमा उपस्थित गराई मानव बेचबिखन तथा ओसारपसार कसुरमा म्याद थप गरी हिरासतमा राखिएको छ। घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने आशङ्कामा प्रहरीले विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka