नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौं । इरानबाट तेल खरिद गर्ने पाँच कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले अस्वीकार गर्ने स्पष्ट पारेको छ।
चीनको वाणिज्य मन्त्रालयले जारी गरेको वक्तव्यमा अमेरिकाको उक्त कदम अन्तर्राष्ट्रिय कानुन र सम्बन्धका आधारभूत सिद्धान्तविपरीत भएको उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार यी प्रतिबन्धहरूले अन्य देशहरूसँग सामान्य आर्थिक तथा व्यापारिक गतिविधि सञ्चालन गर्न चिनियाँ कम्पनीहरूलाई अवरोध पुर्याउँछन्।
चीनले यस्तो एकतर्फी प्रतिबन्धलाई मान्यता नदिने स्पष्ट पार्दै आफ्ना कम्पनी तथा संस्थाहरूलाई ती लागू नगर्न निर्देशन दिएको छ। साथै, संयुक्त राष्ट्रसंघको स्वीकृतिविना लगाइने प्रतिबन्धहरूको चीनले सधैं विरोध गर्दै आएको पनि वक्तव्यमा उल्लेख छ।
यसैबीच, एक बैठकका लागि सबै सचिवालय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन सभापति रवि लामिछानेले निर्देशन दिएका छन्।


