Premier Cables
Premier Steel

अर्थ

वैदेशिक रोजगारीबाट फर्केकाको पुनःएकीकरणबारे मेचीनगरमा समन्वय बैठक

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख १७, २०८३  | अपराह्न ३:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

झापा । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश र रेमी परियोजनाको आयोजना तथा मेची नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घ झापाको सहकार्यमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनःएकीकरण सम्बन्धी स्थानीय तहस्तरीय समन्वय बैठक सम्पन्न भएको छ।

बैठक महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष ऋषि तिम्सिनाको अध्यक्षता तथा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको आतिथ्यतामा सम्पन्न भएको हो।

बिज्ञापन

कार्यक्रममा उपाध्यक्ष तिम्सिनाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनःएकीकरणका लागि महासङ्घले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै मेचीनगरका सेवा क्षेत्र तथा उत्पादनमूलक उद्योगहरूले फर्किएका श्रमिकको सीप र दक्षता उपयोग गर्न सके उत्पादन लागत घट्ने बताउनुभयो।

नगरप्रमुख बुढाथोकीले विदेशबाट फर्किएका युवा तथा बेरोजगार युवालाई लक्षित गर्दै स्थानीय उद्योग र होटल क्षेत्रमा रोजगारीका लागि समन्वय भइरहेको जानकारी दिनुभयो।

मेची उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्रीले आफ्नो भेनियर उद्योगमा करिब ६० जना सिपयुक्त जनशक्तिलाई रोजगारी दिन सकिने बताउनुभयो। होटल अस्वथका प्रतिनिधिले दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा सहकार्य गर्न सकिने धारणा राख्नुभयो।

भेनियर सङ्घका अध्यक्ष श्याम न्यौपाने र अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले युवालाई स्वरोजगार बनाउन रेमी परियोजनामार्फत तालिम कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

रेमी परियोजनाकी कार्यक्रम अधिकृत रिता विश्वासले परियोजनाबारे जानकारी गराउनुभएको थियो भने महासङ्घ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारीले संयुक्त रूपमा सञ्चालन भएका कार्यक्रमबारे जानकारी दिनुभयो।

कार्यक्रममा मेची नगरपालिकाका रोजगार परामर्शदाता फडिन्द्र दाहालले मेचीनगर क्षेत्रमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा मेचीनगर क्षेत्रका उद्योग प्रतिष्ठानका करिब ४० जना प्रतिनिधिको सहभागिता रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka