Premier Cables
Premier Steel

अर्थ

झापामा एफएनसीसीआइ काेशीकाे स्टार्टअप तथा नवप्रवर्तन अभिमुखीकरण

Calendar बुधबार, भाद्र ०४, २०८२  | बिहान ७:३० बजे

विर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) को सहकार्यमा उद्योगी व्यवसायीहरूका लागि मंगलबार विर्तामोडमा स्टार्टअप र नवप्रवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रम उद्योग व्यवसाय क्षेत्रमा सफलता हासिल गर्ने तरिका, नवप्रवर्तनलाई व्यवसायमा कसरी अंगिकार गर्ने र सिर्जनात्मक उद्यम विकास गर्ने विषयमा केन्द्रित थियो।

बिज्ञापन

स्टार्टअप र नवप्रवर्तन सम्बन्धी विज्ञ निरज खनाल र अनिल पराजुलीले कार्यक्रममा सहजीकरण गरेका थिए भने महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले कार्यक्रमको उद्देश्य र महत्वमा प्रकाश पारे।

कार्यक्रममा स्थानीय तह र निजी क्षेत्रका सहभागीहरूले स्टार्टअप प्रवद्र्धनका सम्भावना र चुनौतीबारे आफ्ना प्रस्तुतीकरण प्रस्तुत गरे। गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुबेदीले अभिमुखीकरण कार्यक्रमका लागि धन्यवाद ज्ञापन गर्दै यस प्रकारका कार्यक्रमले निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य बढाउने विश्वास व्यक्त गरे।

नीजि क्षेत्रतर्फ दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले व्यवसायिक नवप्रवर्तनका लागि यस कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

कार्यक्रम श्रृंखला झापामा भाद्र ३ र ४ गते, र विराटनगरमा भाद्र ६ र ७ गते हुने योजना रहेको छ। आजको कार्यक्रममा मेची करिडोरका स्थानीय तह र उद्योग वाणिज्य संघका गरी ३० जना सहभागी थिए । दुई दिने कार्यक्रममा करिब ६० जनाको सहभागिता हुने अपेक्षा बताइएकाे छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka