Premier Cables
Premier Steel

अपराध

अनलाइन जुवा खेल्ने-खेलाउने १० जना धरानबाट नियन्त्रणमा

१५ मोबाइल बरामद

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख १६, २०८३  | बिहान १०:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी । धरान उपमहानगरपालिकामा अनलाइन जुवा (1XBET) खेल्ने तथा खेलाउने कार्यमा संलग्न १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

१४ गते राति करिब २२:३० बजेको समयमा धरान–१३ लक्ष्मी सडकस्थित मण्डला क्याफेमा अनलाइन जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

वडा प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT बाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले अनलाइन जुवा खेल्दै तथा खेलाउँदै गरेको अवस्थामा उनीहरूलाई फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरूसँग प्रयोग भएका विभिन्न कम्पनीका १५ थान मोबाइल फोनसमेत बरामद गरिएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।

नियन्त्रणमा परेकाहरूमा धरान–१३ का हेमन राई (४६), योगेश लिम्बु (२७), मिलन लिम्बु (२९), शुसान्त घिमिरे (३१), कुमार तामाङ (४२), विवेक थापा (४०), वडा नं. ०१ का सुजित साह (३३), वडा नं. १६ का अशोक लिम्बु (४१), वडा नं. १५ का भवानी दाहाल (३५) र वडा नं. १७ का प्रज्वल राई (३१) रहेका छन्।

प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka