Premier Cables
Premier Steel

समाचार

थापाथली सुकुम्बासी बस्ती हटाउन शुरु, प्रहरीले सामान निकाल्न सघाए

Hamro Biratnagar News Channel Calendar शनिबार, बैशाख १२, २०८३  | बिहान ८:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बागमती नदी किनारअन्तर्गत थापाथली क्षेत्रमा रहेको सुकुमवासी बस्ती हटाउने काम सुरु भएको छ। सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार स्काभेटर प्रयोग गरेर बस्ती हटाउन थालिएको हो।

बस्ती हटाउने क्रममा सम्भावित तनाव र झडपको अवस्थालाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यद्यपि यसपटकको अवस्था विगतको तुलनामा शान्त र व्यवस्थित देखिएको छ।

बिज्ञापन

नेपाल प्रहरी र नगर प्रहरीका टोलीहरूले बस्तीका बासिन्दाहरूलाई सहयोग गर्दै उनीहरूका सामान सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्।

यसअघि सोही क्षेत्रमा डोजर चलाउन खोज्दा स्थानीयवासी र सुरक्षाकर्मीबीच ढुंगामुढा तथा हिंसात्मक झडप भएको थियो। तर यसपटक प्रशासनले सहकार्य र समन्वयमा आधारित रणनीति अपनाएर बस्ती खाली गराउने प्रयास गरेको देखिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka