Premier Cables
Premier Steel

कोशी प्रदेश

पश्चिम बङ्गालमा निर्वाचनले पूर्वीनाका सिल

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख ०८, २०८३  | अपराह्न १२:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । छिमेकी भारतीय राज्य पश्चिम बंगालमा हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गर्दै नेपालका पूर्वी सीमानाकाहरू ७२ घण्टाका लागि बन्द गरिएको छ।

सोमबार साँझ ६ बजेदेखि लागू भएको यस निर्णयअनुसार झापाको काँकडभिट्टा, भद्रपुर तथा इलामको पशुपतिनगरसहित पश्चिम बंगालसँग जोडिएका सबै साना–ठूला नाकाबाट मानिस र सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ।

बिज्ञापन

निर्वाचनका बेला सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै भारतीय प्रशासनको अनुरोधपछि नेपाली पक्षले यो कदम चालेको हो।

यी नाकाहरू वैशाख १० गते मतदान प्रक्रिया सम्पन्न नभएसम्म बन्द रहनेछन्। यद्यपि, सीमा बन्दका बीच पनि मानवीय पक्षलाई प्राथमिकता दिँदै उपचारका लागि जाने बिरामी तथा अत्यावश्यक काममा हिँडेका व्यक्तिहरूलाई परिचयपत्रको आधारमा आवतजावत गर्न अनुमति दिइने व्यवस्था गरिएको छ।

यसका साथै नेपाल र बंगलादेशका नागरिकहरूले आफ्नो मुलुक फर्कन आवश्यक आधिकारिक कागजात प्रस्तुत गरेमा भारतीय सुरक्षाकर्मीले उनीहरूलाई सीमा पार गर्न सहजीकरण गर्नेछन्।

निर्वाचन अवधिमा सीमा क्षेत्रमा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न यसअघि पनि दुवै देशबीचको सहमतिमा यस्ता नाका बन्द गर्ने अभ्यास रहँदै आएको छ।

मतदान सकिएपछि वैशाख १० गते साँझदेखि सीमामा पुनः नियमित आवागमन सुरु हुने जनाइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka