Premier Cables
Premier Steel

समाचार

मोरङमा हवाई फायर खोलेर लागुऔषध कारोबारी पक्राउ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख ०८, २०८३  | बिहान ११:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ जिल्लामा ठूलो परिमाणको लागुऔषधसहित एक युवकलाई प्रहरीले नाटकीय ढंगले पक्राउ गरेको छ। सोमबार राति रतुवामाइ नगरपालिका–१ हटिया क्षेत्रमा खटिएको प्रहरी टोलीले दुई राउण्ड हवाई फायर गर्दै उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सोही नगरपालिका–१ सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँ रहेका छन्। भारतबाट नेपालतर्फ लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले उनलाई निगरानीमा राखेको थियो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कट्वालका अनुसार, भारतीय नम्बर प्लेट (बीआर ३८ एडी ५३९०) भएको मोटरसाइकलमा आएका मियाँले प्रहरी देखेपछि भाग्ने प्रयास गरेका थिए। त्यसपछि उनलाई रोक्न प्रहरी निरीक्षक कैलाश लिम्बूले चाइनिज पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेका थिए।

फायरपछि नियन्त्रणमा लिइएका मियाँको शरीर खानतलासी गर्दा पाँच पोका खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। उक्त लागुऔषधको तौल ४ सय ७५ ग्राम ८ सय २० मिलिग्राम रहेको छ, जसको बजार मूल्य उच्च रहेको बताइएको छ।

हाल उनलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध तस्करी नियन्त्रण गर्न प्रहरीले पछिल्लो समय निगरानी र कारबाही तीव्र बनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa