Premier Cables
Premier Steel

राष्ट्रिय

जनकपुर रिफाइनरी उद्योगमा भीषण आगलागी, करिब १५ करोड क्षति

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख ०४, २०८३  | बिहान १०:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरी इन्डस्ट्रिजमा बिहीबार राति भीषण आगलागी भएको छ।

आगो नियन्त्रणमा लिन जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट पुगेका पाँच वटा वारुणयन्त्रलाई करिब तीन घण्टा समय लागेको थियो।

बिज्ञापन

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको हो। उद्योगका प्रबन्धक सञ्जय गुप्ताले प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको बताएका छन्।

उनका अनुसार विस्तृत क्षतिको विवरण इन्जिनियरसहितको टोलीको अध्ययनपछि मात्र स्पष्ट हुने भए पनि हालसम्म मेसिन, कच्चा पदार्थ र तयार तेलसहितका सामग्रीमा ठूलो क्षति पुगेको देखिएको छ। आगलागीका कारण उद्योगका स्टिम र थर्मोफुल गरी दुई प्रमुख प्रशोधन मेसिनमा गम्भीर क्षति पुगेको छ भने कच्चा पदार्थ र तयार तेल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीको कारण हालसम्म खुल्न नसकेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka