विराटनगर । ट्राफिक सुरक्षा मजबुत बनाउने उद्देश्यले विराटनगरमा युवाहरू र ट्राफिक प्रहरीको सहकार्यमा सवारी साधनमा रिफ्लेक्टिभ स्टीकर टाँस्ने कार्यक्रम सम्पन्न गरिएको छ।
बढ्दो सवारी चाप र सडक दुर्घटनालाई न्यूनीकरण गर्ने लक्ष्यसहित आयोजित उक्त कार्यक्रममा विभिन्न युवा समूहहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा विशेषगरी रातिको समयमा देखिने समस्या समाधान गर्न मोटरसाइकल, साइकल, अटो रिक्सा तथा अन्य सवारी साधनहरूमा रिफ्लेक्टिभ स्टीकर टाँसिएको थियो।
ट्राफिक प्रहरीका अनुसार रिफ्लेक्टिभ स्टीकरले अँध्यारोमा सवारी साधन सजिलै देखिने भएकाले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। साथै, चालकहरूलाई ट्राफिक नियम पालनाबारे सचेतना पनि गराइएको थियो।
कार्यक्रममा सहभागी युवाहरूले सडक सुरक्षामा आफ्नो भूमिका महत्वपूर्ण रहेको बताउँदै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन्। ट्राफिक प्रहरीले पनि समुदायसँगको सहकार्यले मात्रै प्रभावकारी रूपमा दुर्घटना नियन्त्रण गर्न सकिने उल्लेख गरेको छ।
यस किसिमका कार्यक्रमले सर्वसाधारणमा ट्राफिक सचेतना बढाउनुका साथै सुरक्षित यात्राको संस्कार विकास गर्न अभियान सञ्चालन गरिएको हो ।

Oplus_16908288
