Premier Cables
Premier Steel

राजनीति समाचार

कांग्रेस देउवा समूहको तर्कः क्रियाशील सदस्यता काट्न पाइँदैन

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ३०, २०८२  | अपराह्न ३:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशनले तोकेको वैधानिक व्यवस्था बाहेक कुनै पनि व्यक्तिले आम सदस्यहरूको क्रियाशील सदस्यता खारेज गर्न नसक्ने बताएका छन्।

सोमबार कार्यवाहक सभापतिको हैसियतमा जारी विज्ञप्तिमा उनले क्रियाशील सदस्यता केवल पार्टी आबद्धताको प्रमाण मात्र नभई पार्टीको ऐतिहासिक योगदान र निरन्तरतासँग जोडिएको महत्वपूर्ण दस्तावेज भएको उल्लेख गरेका छन्।

बिज्ञापन

उनले पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै एक पक्षले महाधिवेशन घोषणा गर्नु गलत मनसायपूर्ण भएको टिप्पणी पनि गरेका छन्।

खड्काले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा सम्पन्न हुने तय भएको १५औँ महाधिवेशनको कार्यतालिका अनुसार नवीकरण र वितरण भइसकेका क्रियाशील सदस्यता खारेज गरिएको दाबी गर्नु अवैधानिक, पूर्वाग्रही र आपत्तिजनक भएको बताएका छन्। उनका अनुसार, अब फेरि अद्यावधिक गर्नेहरूले मात्र महाधिवेशनमा सहभागी हुन पाउने भन्ने धारणा पनि उचित छैन।

यस्तै, सोमबार नै महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यता खारेज गर्ने विषयमा फैलिएको हल्लाको खण्डन गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीले सदस्यता खारेज गर्न नभई अद्यावधिक गर्न लागेको स्पष्ट पारेका छन्।

केही दिनअघि नेपाली कांग्रेसले पुराना क्रियाशील सदस्यता खारेज गरी नयाँ सदस्यता बनाउने चर्चा सार्वजनिक भएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka