Premier Cables
Premier Steel

राष्ट्रिय

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा अतिरिक्त कागजात देखाउन नपर्ने

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र २८, २०८२  | अपराह्न १:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीलाई अतिरिक्त कागजात नचाहिने स्पष्ट पारेको छ ।

पछिल्ला दिनमा विभिन्न सञ्चार माध्यममा आएका समाचार र वैदेशिक रोजगार विभागको सूचनापछि श्रमिकहरूबीच उत्पन्न भ्रम हटाउन विभागले यस्तो स्पष्टीकरण सार्वजनिक गरेको हो ।

बिज्ञापन

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्ने श्रमिकहरूले अनावश्यक रूपमा विल, रसिद वा अन्य थप कागजात बोक्नु नपर्ने विभागले स्पष्ट पारेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीका लागि श्रम स्वीकृति, राहदानी जस्ता आधारभूत कागजात भए पुग्ने जनाइएको छ ।
यस्तै, भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका हकमा पनि प्रक्रिया सहज बनाइएको छ ।

कम्तीमा ६ महिना वैधता भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित देशको भिसा भएमा स्वघोषणासहित प्रस्थान गर्न सकिने विभागले जनाएको छ ।

गृह मन्त्रालयको पूर्व निर्णय र प्रचलित अध्यागमन कानुनअनुसार यो व्यवस्था लागू गरिएको जनाउँदै विभागले यात्रुहरूलाई भ्रममा नपर्न र आफ्नो यात्रा सम्बन्धी जानकारी पूर्ण रूपमा बुझेर ढुक्कसँग विदेश जान आग्रह गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka