Premier Cables
Premier Steel

राजनीति

दुई दिन बिदा भयो भन्दैमा घुम्न नहिँड्नू : आयल निगम

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २२, २०८२  | साँझ ७:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ ।

शनिबार र आइतबारको छुट्टीमा लामो दुरीको यात्रा तय गर्दै इन्धन खपत नबढाउन आयल निगमले आग्रह गरेको हो ।

बिज्ञापन

इन्धनको कम खपतमा उपभोक्ताबाट निगमले सहयोगको अपेक्षा राखेको प्रवक्ता मनोज ठाकुरले बताए । “बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान चाहिन्छ”, प्रवक्ता ठाकुरले भने ।

हाल निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा घाटा छ भने डिजेलमा प्रतिलिटर १२० रुपैयाँ ५४ पैसा घाटा छ । यस्तै एलपी ग्यासमा ४१६ रुपैयाँ ३७ पैसा घाटा छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka