Premier Cables
Premier Steel

राजनीति

संसद कर्मकाण्डीमात्र हुनु हुँदैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २२, २०८२  | बिहान ११:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ‘सस्पेन्डेड एनिमेसन’ भन्ने शब्द प्रयोग गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सभामुखको त्यस्तै व्यवहार हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै वाग्लेले २०१५ मा सभामुख कृष्णप्रसाद भट्टराईले सरकार सत्तापक्षको हुने र संसद विपक्षको हुने भनेर मानक स्थापना रहेको स्मरण गरे ।

उनले भने,‘‘विपक्षीहरुको सदन हुन्छ भन्ने मान्यता छ । दमननाथ ढुंगानाले पनि आधुनिक युगका लागि बिर्सिसकेको मानकसमेत स्थापना गराउनु भएको थियो । उहाँले त्यो पदको गरिमा राख्नु भएको थियो ।’’

बिज्ञापन

कहिलेकाहिँ निरस हुने संसदलाई सभामुखले समेत बनाउन सक्ने भन्दै वाग्लेले सदनलाई कर्मकाण्डमा मात्र सीमित गर्न नहुने भन्दै लोकतन्त्रलाई जीवन्त बनाउने जिम्मेवारी सभामुखको हुने सुनाए । संविधान सभामा समेत सुवाषचन्द्र नेम्वाङले निर्वाह गरेको भूमिका समेत वाग्लेले स्मरण गरे ।

आधुनिक पुस्ताका अपेक्षा आकांक्षालाई रास्वपाले ग्रहण गरेर अघि बढेको बताउँदै उनले ऐतिहासिक उपलब्धि प्राप्त भएको सुनाए ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka