२०८२ जेठ ११, आइतबार
Premier Cables

विराटनगर

मानगढ खानेपानी मत गणना अपडेट : अध्यक्षमा लालमणि भट्टराईले बढाए अग्रता

Hamro Biratnagar Calendar आइतबार, जेठ ११, २०८२  | 8:15 AM

विराटनगर । विराटनगरको मानगढ खानेपानी आयोजनाले संचालन गर्दै आएको विराट खानेपानी उपभोक्ता संस्थाको मत गणना जारी छ । राति सर्वदलीय बैठक बसी गणना थालिएको थियो ।

बिज्ञापन

गणनाको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा लालमणि भट्टराईले अग्रता कायम राखेका छन् । हालसम्मको मत परिणामअनुसार उनले ३०५ मत प्राप्त गरेका छन् । अध्यक्षमा उनले प्रराम्भदेखि नै अग्रता लिएका थिए । उनी ७२ मतले अगाडि छन् ।

बिज्ञापन

६६६ मत गनिसक्दा भट्टराईले ३०५ मत प्राप्त गरेका हुन् । अध्यक्षका अर्का उमेदवार रामबहादुर घिमिरेले २३३ र दुर्गा चापागाइँले १०० मत प्राप्त गरेको बताइएको छ ।

शनिबार राति साढे ११ बजेदेखि मत गणना सुरु भएको थियो । ५ हजार ९८८ उपभोक्ता मतदाता रहेपनि ३ हजार ९६४ मत खसेको थियो ।

खुला उपाध्यक्ष र महिला उपाध्यक्षमा चापागाइँ प्यानलका भोला घिमिरे र सावित्रा पोखरेलको अग्रता छ ।

यसैगरी सचिवमा भट्टराई प्यानलका प्रदीप कुमार नेपाल अगाडि छन् । कोषाध्यक्षमा चापागाइँ प्यानलका राजेन्द्र कुमार पोखरेलले अग्रता बनाएका छन् । निर्वाचन समितिका अनुसार हाल विराटनगर–१ र ३ को मत गणना भइरहेको छ ।

दुई केन्द्र बनाएर मत गन्ने काम भइरहेको बताइएको छ ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो