Premier Cables
Premier Steel

अर्थ विराटनगर

घर निर्माण प्रदर्शनीमा वास्तु र इन्टेरियर डिजाइनबारे छलफल

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र १५, २०८२  | बिहान १०:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। मोरङ उद्योग संगठनको आयोजना घर निर्माण प्रदर्शनीको तेस्रो दिनको थिमेटिक सेसनमा वास्तु र इन्टेरियर डिजाइनबारे अन्तरक्रिया र छलफल भएको छ। विराटनगरस्थित जैन भवनमा सम्पन्न सो सेसनमा विशेषज्ञहरूको उपस्थितिमा ‘स्मार्ट डिजाइन: वास्तु, इन्टेरियर डिजाइन र प्राविधिक योजना’ विषयमा विचार-विमर्श गरिएको थियो।

सेसनमा इन्टेरियर डिजाइनर कृति श्रेष्ठ उपाध्यायले ‘इन्टेरियर डिजाइन अवधारणा: स्पेस प्लानिङ्ग, उपयोगिता र सौन्दर्य’ शीर्षकमा बोलेका थिए। उनले इन्टेरियर डिजाइन केवल सजावट नभई कला र प्रविधिको मिश्रण भएको बताए। उपाध्यायले भनिन् कि इन्टेरियर डिजाइनले घरलाई सहज, सरल र सुरक्षित बनाउने काम गर्छ। उनका अनुसार, विलासी वस्तु मात्र प्रयोग गरेर इन्टेरियर डिजाइन पूरा हुँदैन, हावाको बहाव, सूर्यको प्रकाशजस्ता प्राकृतिक तत्वहरूको संयोजन गर्नुपर्छ।

बिज्ञापन

विगत दशकभरि इन्टेरियर डिजाइनरको रूपमा काम गर्दै आएकी उपाध्यायले आफ्ना अनुभव र परियोजनाबारे पनि जानकारी साझा गरिन्।

त्यस्तै, वस्तुविद् रोज धाडेवाले ‘आधुनिक घरका लागि वास्तु: आधारभूत सिद्धान्त र प्रयोग’ शीर्षकमा वास्तुशास्त्रका सिद्धान्त र आधारभूत मान्यताबारे छलफल गरे। उनले घरको दिशा, जमिनको प्रकृति, रङ र घरमा बस्ने सदस्यहरूको स्वभावजस्ता कुराहरूले वास्तुमा महत्त्व राख्ने बताए। निर्माण सम्पन्न भवनको वास्तु मिलाउन नाम भत्काउनुभन्दा अगाडि नै आधारभूत जानकारी राख्न आवश्यक हुने उनले जोड दिए।

दुई सेसनका दौरान सहभागीहरूले विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया र प्रश्नोत्तर समेत गरेका थिए।

प्रदर्शनी चैत १२ देखि १६ गतेसम्म सञ्चालन हुने भएकाले, चौथो दिनको थिमेटिक सेसनमा इन्टेरियर डिजाइन अवधारणा, घर अटोमेशन, आधुनिक जीवनशैली, विद्युतीय सुरक्षा, ऊर्जा दक्षता र सोलार घरबारे छलफल हुने मोरङ उद्योग संगठनका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka