Premier Cables
Premier Steel

राजनीति

गोपालमानले भने- गगनले राजीनामा दिनु हुन्न

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण २७, २०८२  | बिहान ९:५६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले प्रतिनिधि सभा निर्वाचन परिणामलाई नेतृत्वको असफलता मात्र नभई कांग्रेसलाई पूर्ण रुपान्तरण गर्न नसकिएको चेतावनी पनि भएको बताएका छन् । निर्वाचनको सिकाइलाई आत्मसाथ गर्दै संगठन सुदृढीकरण गर्नुपर्ने सुझाव उनले दिएका छन् ।

नेता श्रेष्ठले फेसबुकमा गगन थापालाई सम्बोधन गर्दै लेखेका छन्, यस निर्वाचनले नेपाली कांग्रेसलाई समयसापेक्ष बन्ने, युवाहरूको आकांक्षा आत्मसात गर्ने, र संगठनात्मक रुपान्तरण गर्ने गहिरो सन्देश दिएको छ । यो नेतृत्वको असफलता मात्र होइन, जनताको परिवर्तनको चाहनाअनुरूप कांग्रेसलाई पूर्ण रुपान्तरण गर्न नसकिएको चेतावनी पनि हो ।’

उनले थप लेखेका छन्, ‘अब निर्वाचनको सिकाइलाई आत्मसात गर्दै वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला र केन्द्रसम्म संगठन सुदृढीकरण गर्ने संकल्पका साथ अघि बढ्नु अपरिहार्य छ ।’

फागुन २१ म भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ बहुमत ल्याउँदा कांग्रेस, एमाले सहितका दलहरुलाई धक्का पुगेको छ । चुनाव लडेका कांग्रेस सभापति गगन थापासहितका पदाधिकारीहरु नै पराजित भएका छन् ।

यसै सन्दर्भमा नेता गोपालमान श्रेष्ठले निर्वाचन परिणाम हाम्रो अपेक्षाअनुसार आउन नसकेको उल्लेख गरेका छन् । ‘तर, हाम्रो लागि निर्वाचनको नतिजा भन्दा पनि लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण र राजनीतिक अस्थिरताको अन्त्य नै मुख्य महत्व राख्छ,’ श्रेष्ठले ‘प्रिय गगन बाबु’ सम्बोधन गर्दै लेखेका छन्, ‘देश फेरि लयमा फर्कन थालेको छ र यस यात्रामा तपाईंको नेतृत्वले हामीलाई आशा र दिशानिर्देश दिएको छ ।’

उनले गगनको नेतृत्वमा नयाँ ऊर्जा, आशा र रुपान्तरणको बाटो देखेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘गगन बाबु, तपाईंले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले हामीलाई अझै दृढ बनाएको छ । यस कठिन घडीमा राजनीमा ल्याउनु वा राजनीमा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन । बरु, हामी सबै कांग्रेसीजनहरू एकढिक्का भएर तपाईंलाई साथ दिनु आवश्यक छ । तपाईंको नेतृत्वमा हामीले नयाँ ऊर्जा, नयाँ आशा, र नयाँ रुपान्तरणको बाटो देखिरहेका छौं ।’

‘यस संकटको घडीमा तपाईंलाई पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै, हामी सबै मिलेर नेपाली कांग्रेसलाई रुपान्तरण गर्ने यात्रामा अगाडि बढ्ने प्रतिज्ञा गर्दछौं,’ नेता श्रेष्ठले लेखेका छन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka