Premier Cables
Premier Steel

राष्ट्रिय

‘सांसद खोज्दै अब धाउनु पर्दैन, म आफैं आउँछु’

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण ०९, २०८२  | अपराह्न १२:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सर्लाही। नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गगनकुमार थापाले सर्लाहीका मतदाताले सांसद खोज्दै अब धाउनु नपर्ने वाचा गरेका छन्।

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा शुक्रबार घरदैलोका क्रममा मतदाताले उम्मेदवार निर्वाचनमा मत माग्न आउने र कहिल्यै फर्केर नआउने गुनासो गरेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताका लागि छुट्टै सम्पर्क कार्यालय राखेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे।

बिज्ञापन

उनले नेपालको नेतृत्व गर्न पहाड र काठमाडौ थाहापाएर मात्र नहुने भन्दै आफू मधेस बुझ्न र मधेस जान्न सर्लाही आएको पनि बताए।

`नेपालको नेतृत्व गर्न पहाड र काठमाडौ थाहापाएर मात्र हुँदैन। मधेस पनि बुझ्नु पर्छ। म अहिले नेपालको नेतृत्व गर्न, मधेस बुझ्न र मधेसको हुन मधेस आएको हुँ।´ थापाले मतदाताको प्रश्नको जवाफ दिंदै भने।

`चुनाबको बेला घरघर देखिने अरुबेला नदेखिने सांसद देखि तपाइहरु थाक्नु भएको छ। तपाईं अब सांसद खोज्दै आउनु पर्दैन, म आफै आउछुँ, सर्लाही अब मेरो निर्वाचन क्षेत्र हो, यहाँ मेरो सांसदको कार्यालय रहन्छ, मेरो टिम रहन्छ, कुनैपनी अप्ठ्यारो पर्दा कुनै युवकले आफ्नो बालाई फोन गर्नु भन्दा ए गगन दाइ भन्ने बनाउन म सर्लाही आएको हो।´ उनले अघि थपे।

सो क्रममा थापाले अब कांग्रेस नेतृत्वमा सरकार बनेपछि कुनै पनि नागरिकले कुनै पनि अस्पताल गएर उपचार गर्न खल्तिबाट एक रुपैयाँ तिर्नु नपर्ने अवस्था कांग्रेसले बनाउने बताए।

किसानका समस्याका बारेमासमेत आफू जानकार रहेको भन्दै थापाले उखु किसानका समस्या बारे आफुले प्रधानमन्त्रीलाई जानकारी गराएको र छलफल भइरहेको जानकारी गराए।

`काठमाडौ गएर प्रधानमन्त्रीलाई भेटेर उखुको बिषयमा मैले कुरा गरिसकेको छु, प्रधानमन्त्रीले काम गर्दै हुनुहुन्छ होला, अब उखुको समस्या मेरो जिम्मा हो।´ उनले भने।

कांग्रेस सभापति थापाले आफ्नो क्षेत्र सर्लाही ४ लाई मधेशको एक नम्बर क्षेत्र बनाउने प्रतिबद्धता पनि दोहोर्याए।

उनले हालै सर्लाही क्षेत्र नम्बर ४ मा इन्जिनियररिङ कलेज खोल्ने निर्णय गराएको र किड्नीको उपचार केन्द्र मधेसको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नै बनाउने निर्णय भइसकेको पनि बताए।

`गगन थापाको क्षेत्रमा अब बाटो यस्तो रहँदैन, अस्पताल यस्तो रहँदैन, अहिले निर्वाचन आचारसंहिताका कारण धेरै कुरा भन्न मिल्दैन, अहिले यतिमात्र भन्छु यहाँ सर्लाही क्षेत्र नम्बर ४ मा एकजना साथीले इन्जिनियररिङ कलेज खोल्ने निर्णय गर्नु भएको छ, र किड्नीको उपचार केन्द्र मधेसको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नै बनाउने निर्णय भएको छ।´ थापाले थपे।

उनले आफू अहिले मतदातासँग काम गर्ने मौका माग्न आएको बताउँदै अगाडी थपे, `मलाइ काम गर्ने मौका दिनुपर्छ, म काम गर्छु भनेर मत माग्न आएको हुँ, २१ गतेसम्म मेरो लागि हिडिदिनुस, २१ गतेपछि तपाइहरुको जिम्मा म लिन्छु।´

थापाले अगाडी थप्दै भने, `तपाईंहरु घरघर गएर भन्दिनुस, के को एमाले?, केको माओवादी?, केको रास्वपा? घर घर गएर भन्दिनुस, यो पटक कोही उम्मेदवार छैन, यो ठाउँको विकास गर्न गगन थापा आएको छ भनेर भनिदिनुस, यो त्यो छोडेर काम गर्ने जिम्मा मलाइ दिनुस, म हक खोज्न आएको हुँ।´

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka