विराटनगर । विराटनगरका पेट्रोल पम्पमा ग्राहकहरुको भिड लागेको छ । चुनावका बेला तेल नपाइने हल्ला चलेसँगै उपभोक्ताहरु मोटरसाइकल र गाडी लिएर लाइनमा लागेका छन् ।
भिडका कारण पम्पहरुमा उपभोक्ता व्यवस्थापनमा समेत कठिनाइ भएको छ । यता नेपाल आयल निगमले भने पेट्रोलिय पदार्थको कुनै अभाव नहरेको र तेल स्टोर गरेर नराख्न उपभोक्तलाई आह्वान गरेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आयात र बिक्री वितरण भइरहेको बताउँदै अनावश्यक स्टोर नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
सोमबार निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थको नियमित आयात भइरहेको हुँदा अनावश्यक स्टोर गरेर जोखिम नबढाउन आग्रह गरेका हुन्।
पेट्रोलियम पदार्थको आयात पाइपलाइन मार्फत् नियमित रूपमा भइरहेको भन्दै उनले आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहने भट्टले बताएका छन् ।
उनले पेट्रोलियम पदार्थ ड्रम वा क्यानमा स्टोर गर्दा जोखिम बढ्ने भन्दै सचेत गराएका छन्।
ुपेट्रोलियम पदार्थको अनावश्यक रूपमा जर्किन, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको निगनले जनाएको छ ।
